२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

रेलमार्ग सर्भे गर्ने टोलीको गाडीमा भरतपुरका स्थानीयले गरे आगजनी

ADV
मध्यान्ह
२०८१ साउन २ गते १५:३६
रेलमार्ग सर्भे गर्ने टोलीको गाडीमा भरतपुरका स्थानीयले गरे आगजनी

चितवन : पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् । 

भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।

सर्भे गर्न गएका टोलीलाई भने प्रहरीले सुरक्षा दिएको छ । स्थानीयले सो स्थानबाट रेलमार्ग बनाउँन नहुँने भन्दै अवरोध गरेका हुन् ।

सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीयले कब्जामा लिएका थिए । त्यसपछि उनीहरुले प्रहरीकै अगाडि गाडीमा आगजनी गरेका हुन् ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ ।

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise