२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन २ गते १६:०५
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं : वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त  भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise