दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
भक्तपुर : भक्तपुरका संस्कृतिविद् तथा समाजसेवी डा.इन्दुल केसीलाई सम्मान गरिने भएको छ । केशव– सुष्मा भजन ज्ञान गुठीको कार्यकारी समितिको निर्णयले डा.केसीलाई सम्मान गर्न लागेको हो ।
भजन विद्यामा पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरुप ज्ञान गुठीको कार्यकारी समितिको निर्णयले सम्मान प्रदान गर्ने भएको जनाइएको छ । आगामी असोज १६ गते शनिवार वरिष्ठ संस्कृतविद् सत्यमोहन जोशीको निवासस्थित भवनमा सम्मान कार्यक्रम हुने र सो ज्ञानगुठीको साधारणसभापनि त्यसैदिन हुने गुठीका अध्यक्ष एवं प्रमुख संरक्षक केशबराज राजभण्डारीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies