२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वर्तमान संविधानका कारण प्रतिष्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छः देउवा

Nada
२०८२ भदौ ३ गते १७:०५
Shares
वर्तमान संविधानका कारण प्रतिष्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छः देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

ncell

अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए । नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताए । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यो एक किसिमले राम्रो भएको पनि उनले बताए । 

सभापति देउवाले भने, ‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ । बाध्यता पनि भने हुन्छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ । वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ । समावेशी संविधान बनेको छ । महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार छ ।’

सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको बताए । 

सम्बन्धित खबर