२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको कदमको विपक्षी दलहरुले विरोध गर्ने

shivam cement
२०८२ भदौ ३ गते १७:२२
Shares
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको कदमको विपक्षी दलहरुले विरोध गर्ने

काठमाडौं : विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् । 

मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताए ।

जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पुर्‍याउन चलखेल भइरहेको उनले बताए । 

उनले भने, ‘उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेको नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट हस्ताक्षर अभियान शुरु भइसकेको कुरा सुन्यौँ । प्रतिपक्ष दलका सबै बसेर जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर गर्न खोजेको के भन्दा संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत छ, स्वयं प्रधानमन्त्री अल्पमतमा छन्, बहुमत बनाउन के गर्ने भन्दा प्रमुख प्रीतपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष एकातिर भएपछि उहाँहरुको बहुमत हुन सकेन, इन्दिरा रानाको ठाउँमा कोही नेपाली काँग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो । कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने हो । म दलको उपनेता हुँ, मलाई थाहा छैन ।’

आफ्नो पार्टीलाई उपसभामुखको लागि कुनै प्रस्ताव नआएको पनि उनले स्पष्ट पारे ।

सम्बन्धित खबर