२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हजरत हुसैनको सम्झनामा मनाइयो मोहर्रम पर्व

ADV
शहबाज खान
२०८१ साउन २ गते २२:०१
हजरत हुसैनको सम्झनामा मनाइयो मोहर्रम पर्व

कपिलवस्तु : मुस्लिम धर्मावलम्बीको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहीद हजरत हुसैनको सम्झनामा कृष्णनगरको लक्ष्मीनगरको कर्बलामा मोहर्रम पर्व मनाइएको छ । 

इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाउँमा  यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । कृष्णनगरमा पनि ताजिया बनाइ पर्व मनाइएको हो । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ यो पर्व मनाइन्छ । 

मुस्लिमहरु मात्रै मनाउँदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन् । ताजिया प्रति आस्था बढ्दै गएपछि मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन् ।

इस्लामीक धर्मको नयाँ वर्षका दिनदेखि शुरु हुने मोहर्रमका १० दिनसम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । 

ताजियाहरुलाई ९ मोहर्रम नवमीका दिन पुजा गरी १० तारिखमा (ताजिया)को कर्बलामा बिजर्सन गरी मोहर्रम पर्वको विधिवत् समापन हुने गर्दछ । 

कपिलवस्तुको कृष्णनगर, महाराजगञ्ज,विजयनगर, बहादुरगञ्ज, तौलिहवा लगायत विभिन्न ठाउँमा पर्व धुमधामका साथ मनाइने गरिन्छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहेको कर्बलामा समेत प्रत्येक वर्ष धुमधामका साथ मोहर्रम पर्व हिन्दू तथा मुस्लिमहरूले मनाउँदै आएका छन् ।

मेलामा शान्ति, सुरक्षा कायम गर्न ईलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख सुरज खत्री तथा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेको कमाण्डमा टोली परिचालन गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise