२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

शिक्षा ऐन व्यवहारमा लागू हुन नसकेको गुनासो

Nada
केशव पन्थी
२०८१ साउन २ गते २२:१२
Shares
शिक्षा ऐन व्यवहारमा लागू हुन नसकेको गुनासो

अर्घाखाँची : युएसआईडि/सिएम र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा सञ्चालित ‘केटीहरूको लागि केटी शिक्षाको लागि समुदाय संलग्नता’ परियोजनाको  आयोजनामा  सन्धिखर्क नगरपालिकामा स्थानीय पाठ्यक्रम तथा नीति सम्बन्धी अन्तरक्रिया तथा परामर्श बैठक  सम्पन्न भएको छ ।  

ncell

परियोजनाका संयोजक खेमराज मरासिनीले महिला,युवा तथा सीमान्तकृत समुदायका किशोरीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच बनाउने साथै स्थानीय सरकार अभिभावक, स्कुल प्रशासन, विद्यालय व्यवस्थापन समितिलाई उत्तरदायी बनाउन, विद्यालय छाड्ने विद्यार्थीको संख्यामा पनि कमि आउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरुले स्थानीय पाठ्यक्रमा सुधार गर्नुपर्ने पक्षहरु बुँदागत रुपमा प्रस्तुत गरेका थिए । 

ऐन तथा नीतिगत तहमा सुधारका लागि शिक्षा ऐन कागजी बाधक मात्र भएको व्यवहारमा लागु नभएको, शिक्षा नीति सन्धिखर्क मैत्री हुनुपर्ने, महिला र दलितको प्रतिनिधित्व सन्तोषजनक देखिएतापनि अन्य सिमान्तकृत पक्षहरु जस्तै, मुस्लिम र जनजातिको पिछडिएको क्षेत्र प्रतिनिधित्व कम भएको, युवामैत्री र छात्रा मैत्री शिक्षा नीति बनाउनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा  सिमान्तकृत वर्ग र क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रम परामर्शदाता सन्जयकुमार पासीको सहजीकरण तथा ‘केटीहरूको लागि केटी शिक्षाको लागि समुदाय संलग्नता’परियोजनाका संयोजक खेमराज मरासीनीले सञ्चालन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर