२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

वर्षमानको टिप्पणी- 'रास्वपा विचार र लक्ष्य नभएको पार्टी'

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १६:३५
वर्षमानको टिप्पणी- 'रास्वपा विचार र लक्ष्य नभएको पार्टी'

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले रास्वपालाई कुनै विचार, राजनीति, लक्ष्य, त्याग, बलिदान र जेलनेल नभएका पार्टीको रुपमा चित्रण गरे ।

उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लडेको माओवादी र लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताए । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको उनले जिकिर गरे । उनले पछिल्लो समय देशमा धेरै कुरामा परिवर्तन भएको बताए ।

उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पुर्‍याउनुपर्ने धारणा राखे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise