२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायो : पूर्वराष्ट्रपति भण्डारी

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १६:०३
राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् ।

बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्दै उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताइन् ।

उनले सरकारले सुशासन प्रवर्धन गर्न नसकेको बताउँदै उनले राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् । संसद अहिले निरीह थलो भएको उनले बताइन् ।

उनले कानुनहरु समयानुकूल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरिन् । ठुला दलहरु आफैंले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको उल्लेख गरिन् ।

ADV

सम्बन्धित खबर

Advertise