२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

गगनलाई महेशले भने- संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधनमा हात हाल्नुपर्छ

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते १२:२२
गगनलाई महेशले भने- संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधनमा हात हाल्नुपर्छ

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बिहीबार संसदमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उठाएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उनले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पारे ।

उनले तत्काल निष्कर्षमा पुर्‍याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गरे ।

उनले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताए । कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने उनले बताए ।

प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पुर्‍याउन सकिएको बताए । जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने उनले बताए । सांसदहरु विधायिकी कार्यमै बढी जोडिन जरुरी रहेको उनले उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise