२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते १७:२६
१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं : शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विद्येययक पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न छलफल गरेका थिए ।

छलफलमा शुक्रबारको बैठकमा भूमिसम्बन्धी विधेययक पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले शुक्रबार भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाका अनुसार भदौ १८ गते नागरिकतासम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ ।

भदौ १७ गते राष्ट्रिय सभावाट सन्देशसहित संघीय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको बर्तौलाले जानकारी दिए । उनले भदौ महिनामा प्रतिनिधि सभाबाट संघीयतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise