२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सडक पूर्वाधार कार्यालय अर्घाखाँचीको ६४ प्रतिशत बजेट खर्च

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३ गते २१:४१
सडक पूर्वाधार कार्यालय अर्घाखाँचीको ६४ प्रतिशत बजेट खर्च

सन्धिखर्क : सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष ६४ प्रतिशत बजेट खर्च गरेको छ । 

विगतमा काम नभएका र निर्माण व्यवसायीले आलटाल गरिरहेको सडक बल्कोट–नेटा तम्घास सडकदेखि अन्य साना ठूला सडकहरु निर्माणको कामलाई प्रभावकारी रूपमा  फास्ट ट्याकमार्फत द्रुत गतिमा अघि बढाए पनि आर्थिक वर्षको मसान्तसम्म ६४ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो  । 

जिल्लाका धेरै सडकहरु अहिले बर्खाका कारण अस्तव्यस्त भएको बेला पनि अहिले निरन्तर सडक सञ्चालनका लागि कर्मचारीहरु खटिरहेका छन् । 

पहाडि जिल्लामा सबै भन्दा विकट ठाउँका  सडकहरु पनि बर्खाको बेला मुख्य सडकहरु सञ्चालनमा छन् भने  कालोपत्रे गर्ने केही सडकको काम बर्खाका कारण प्रभावित भएको छ ।

सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले अहिले सन्धिखर्क पाणिनी क्याम्पस चेयानडाँडा पटुवाथुम सडकखण्ड र सन्धिखर्क कुर नुवाकोट सडक खण्डका विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी पुर्ने माथिबाट आएका पहिरोहरु सोर्ने काम निरन्तर गरिरहेको छ । 

गतवर्ष  कालोपत्रे गरेका सडकहरु ठूलो पहिरोहरुका कारण प्रभावित भएकाले ती सडक सुचारु गर्ने विषयमा प्राविधिकहरु खटिएको र काम गरिरहेकाले यो आर्थिक वर्षमा लगाउने ठेक्काका लागि इस्टमेट समेत शुरु गरिएको सिनियर डिभिजन इन्जिनियर गोपिराज पुनले जानकारी दिए । 

असार अगाडि कार्यालय प्रमुख पुन र कार्यालयका प्राविधिकहरु दिनरात नभनी काम सम्पन्न गर्न निकै खटिएको कारण आर्थिक वर्षमा  झण्डै ६४ प्रतिशत भन्दामाथि आर्थिक भौतिक प्रगति देखिएको पुनले दाबी गरे ।

अर्घाखाँचीमा सडक पूर्वाधार कार्यालयको मातहतमा ४ वटा  सडकहरु बहुवर्षीय अर्थात् यहि वर्ष सम्पन्न हुने सडकहरुको काम निरन्तर अगाडि बढेको पुनले दाबी गरे ।

जिल्लामा केही ठूला आयोजना निर्माण द्रर्त गतिमा अगाडि बढेको भएपनि सोचे अनुसार काम हुन नसकेको पुनले स्वीकार गरे । 

भूमिका स्थान नगरपालिका टोड्केदेखि लामा तालसम्म ३० किलोमिटर सडकको काम अहिलेसम्म ९२ प्रतिशत निर्माण कार्यको प्रगति भएको र यो सडकको काम अन्तिम चरणमा पुगेको भएपनि अविरल वर्षाका कारण माथिबाट पहिरो जाँदा अहिले सडकका विभिन्न ठाउँहरुमा मर्मत गर्नुपर्ने  अवस्था रहेको छ । 

बहुवर्षीय ठेक्का अन्तर्गत गछ्छेदेखि ढिकुरासम्म ५.५० किलोमिटर कालोपत्रे गर्नका लागि कार्यालयले अम्बर निर्माण सेवाका सञ्चालक बसन्त भुसालसँग सम्झौता गरिसकेकोले अब पानी रोकिना साथ काम शुरु गर्ने तयारी भएको कार्यालयका इन्जिनियर टोपबहादुर दर्लामीले बताए ।  

 कार्यालय प्रमुख पुनका अनुसार मालारानी पहुँचमार्ग अन्तर्गत र्ने चेहेनडाडा डिभर्ना खन खनदह डाडाँकटेरी सडकको काम पनि बहुवर्षीय हो । गत वर्ष त्यस सडकका लागि विनियोजन बजेट सबै खर्च हुन सकेन । 

सो सडकको काम सिद्धार्थ अम्मर जेभीले २०७९ सालमा सम्झौता गरी २०८१ मा सम्पन्न गर्ने गरी कार्यालयसँग सम्झौता गरेकोले सो सडकमा अहिले ४० प्रतिशत वित्तीय प्रगति र ३८ प्रतिशत भौतिक प्रगति भएको अनुमान गरिएको छ । 

त्यो सडकमा गत वर्ष ५ करोड रुपैयाँ विनियोजन भएको थियोे भने यो वर्ष सम्पन्न गर्ने बजेट विनियोजन भएको छ । 

यो सडक बहुबर्षीय सडक भएको कारण निर्माण व्यवसायी बसन्त भुसालले २० करोड ७० लाख ८९ हजार ५ सय पच्चीस रुपैयाँमा सडक कार्यालय अर्घाखाँचीसँग सम्झौता गरी काम शुरु गरेको र काम समय अगावै पैसा सरकारले दिएमा पूरा गर्ने लक्ष्य राखिएको बताए  ।

सडक पूर्वाधार कार्यालयको प्रदेश गौरवको आयोजना  सन्धिखर्क धारापानी चुजाठाँटी रामपुर–कपुरकोट सडक योजनाको काम पनि गत वर्षबाट शुरु भइ निरन्तर  अगाडि बढिरहेको छ । 

यो सडकको वित्तीय प्रगति ३५ प्रतिशतको हाराहारीमा छ भने २०७८ सालमा एसपी ब्रर्दस अर्याल जेभीले २५ करोड ८६ लाख ९६ हजार ६ सयमा सम्झौता गरी काम शुरु गरेको र अहिले असार  अन्तिम  हप्तासम्म ३५  प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख गोपिराज पुनले सुनाए । 

पुनका अनुसार सडक कार्यालय अर्घाखाँचीसँग २०७७ सालमा सम्झौता गरी कन्काइ जयमाता अम्बर जेभीले २१ करोड ८४ लाख ९ हजार ८ सय ६४ रुपैयाँको लागतमा डिभर्ना जर्रे खोला  धारापानी छत्रगञ्ज मोडलेचौर सिमिचौर जोड्ने सडकको  सडकको भौतिक प्रगति ७० प्रतिशत भन्दामाथि रहेको छ ।

यो सडकको काम असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाएको भएपनि  निर्माण व्यवसायीले काम ढिलो गरेको कारण समस्या भएको  कार्यालयका इन्जिनियर अशोक दवाडिले बताए । 

वल्कोट–तम्घास खडकखण्डको काम निर्माण व्यवसायीको लापरबाहीका कारण पूरा हुन नसकेको भनि धेरै पहिलादेखि चर्चामा रहेको सडकको समेत अहिले काम सन्तोषजनक भएको छ । 

जिल्लामा ४  ओटा ठूला सडक निर्माण द्रुत गतिमा अगाडि बढेपछि अर्घाखाँचीबासी हर्षित  छन् । यी सडकहरु गत वर्षदेखिका बहुवर्षीय ठेक्का हुन्  । 

कार्यालय प्रमुख पुनले गछ्छे भालुवाङ सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । यो सडक प्रदेश राजधानी दाङ जोड्ने सडक  भएकोले यो सडक निकै महत्वपूर्ण मानिन्छ । सडकको लामातालसम्म ग्राभेल धेरै ठाउँमा सम्पन्न भएको छ । अहिले अबिरल वर्षाले सडकमा क्षति पुर्‍याएको छ । 

सो सडक अन्तर्गत लामा तालदेखि भालुवाङ जोड्न  १५  किलोमिटर ट्रयाक खोलिएको खण्डमा भालुभाङ पुग्न सन्धिखर्कबाट २ घण्टामा पुगिन्छ । 
सडकको बीचमा पर्ने पुल समेत नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाले डिपीआर समेत बनाइ ठेक्का लगाउने तयारीमा रहेको नौमुरे बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise