२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष खड्कालाई पितृ शोक

ADV
बिन्द्र राई
२०८१ साउन ३ गते २२:२७
पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष खड्कालाई पितृ शोक

उदयपुर : नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्कालाई पितृ शोक परेको छ । 

अध्यक्ष खड्काका बुबा बम बहादुर खड्काको ७१ वर्षको उमेरमा आफ्नै निवास रौतामाइ पुवारे मुर्कुचीमा बिहीबार बिहान  निधन भएको हो । 

बम बहादुर लामो समयदेखि बिरामी थिए । उनी काठमाडौं, भारत लगायतका अस्पतालहरुमा उपचार गरेर फर्किएका थिए । 

खड्काका तीन छोरी र तीन छोरा छन् । खड्का २०४८ सालतिर गाविस उपाध्यक्ष समेत बनेका पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच पत्रकार महासंघ उदयपुर शाखाले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । शाखाका सचिव विश्वराज तामाङले विज्ञप्ति जारी गर्दै स्वगीय बुबाप्रति धार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्मको चिरशान्तिको कामना गरेका हुन् ।

यस्तै शाखाले शोकसन्तप्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना व्यक्त गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise