२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी शुरुवात

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते ११:३०
टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी शुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो ।

ओमानका आयान खानले ३६ रनको पारि खेले । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए । यसगरी कप्तान अकिब इलियासले १८ बलमा १८ रनको पारि खेल्दा एक छक्का र दुई चौका हिर्काए । मेहनर खानले १६ बलमा २७  रन बनाए । उनले २ छक्का र १ चौका प्रहार गरे । साकिल अहमेदले ११ रन बनाउँदा कलिमुल्लाहले ६ रन जोडे । ओपनर कश्यप प्रजापति ७ रनमा आउट हुँदा खलिद काली ८ रनमा पभेलियन फर्किए ।

अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए । मिचेल स्टार्कले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा मार्कस स्टोइनिसले ३ ओभरमा १९ रन दिएर ३ विकेट हात पारे । नाथन इलियसले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बताएको थियो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए । ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो । ओमानका  मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १–१ विकेट हात पारे ।

ADVADV

सम्बन्धित खबर

Advertise