-मुक्ति रेग्मी
नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला साफ च्याम्पियनसिप खेल्नका लागि माल्दिभ्समा छ । बंगलादेशमा हुनुपर्ने साफ च्याम्पियनसिप त्यहाँ कोरोना महामारीका माल्दिभ्समा सारिएको हो । अहिलेसम्म नेपालले लगातार दुई खेल जित्दै शीर्ष स्थानमा राखेको छ । घरेलु टोली माल्दिभ्सलाई पहिलो खेलमा पराजित गर्दै सनसनी शुरुआत गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि पनि सनसनी जित दर्ता गर्न सफल भयो ।
नेपाली टिममा लामोसमयदेखि गोल निस्किएको थिएन । यसअघि डिफेन्सिभ फुटबल खेल्ने नेपाली टोली अहिले ‘अट्याक’मा विश्वास गर्छ । यसअघिका प्रशिक्षकको शैली भन्दा ठिक उल्टो शैली अपनाएका बर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली टिम संहालेका छन् । कुवेती नागरिक अल्मुताईरी कतार फुटबल संघको सहयोगमा आएका हुन् । उनलको तलब लगाएतका कुराहरु कतार फुटबल संघले नै व्यहोर्दै आएका हुन् । शुरुमा १ वर्षका लागि आएका उनको सम्झौता थप गर्नका लागि अखिल नेृपाल फुटबल संघले पहल पनि गरिरहेको छ । यसमा कतारले एप्रुभ गरेको छैन ।
प्रशिक्षकको रुपमा अब्दुल्लाह नेपाल आएपछि उनले भनेका थिए आफ्नो लक्ष्य साफ च्याम्पियन जिताउने रहेको बताएका थिए । त्यो अभियानमा उनी अहिले अघि बढेका छन् । उनको अर्को मोटो भनेको फिट खेलाडीले मात्रै फुटबल खेल्न सक्छन् र खेल्न पाउँछन् । साइक्लोजीका विद्यार्थीसमेत रहेका प्रशिक्षक अल्मुताइरीले नेपाली मनोविज्ञान राम्रोसँग बुझेका छन् । उनले टिममा म सिनियर भन्ने खेलाडीलाई पाखा लगाउँदै युवा खेलाडीहरुलाई लगातार मौका दिइरहेका छन् । यसअघि नेपाली टिमका नियमति सदस्य भरत खवास, जर्ज प्रिन्स कार्की, नेपाली टिमका दोस्रो रोजाईका गोल किपर विकेश कुथु, स्टार खेलाडी अभिषेक रिजाल जस्ता खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीहरु समेटर माल्दिभ्स प्रस्थान गरेका छन् । लामो समय प्रशिक्षणको मौका पाएका अल्मुताईरीले ओमानमा विश्वकप छनोटको अनुभव संघालेका उनले त्यसबाट खेलाडीलाई सिक्ने र सिकाउने अवसर पनि पाए । माल्दिभ्स अघि भारतसँग दशरथ रंगशालामा २ वटा मैत्रीपूर्ण खेल खेलेर थप प्रशिक्षणका लागि नेपाली टोलीलाई कतार लगेका थिए । कतारमा ३ साता अभ्यासपछि नेपाली टिम माल्दिभ्स प्रस्थान गरेको थियो । कतारमा ओमानसँग मैत्रीपूर्ण खेल्दा भलै नेपाली टिम पराजित हुन पुग्यो, तर यसबाट उनले नेपाली टिम आक्रामक फुटबल खेल्न सक्छ भन्ने प्रमाणित भने गरेका छन् ।
अहिलेसम्म उनको प्रशिक्षणमा नेपाली टिमले ८ खेल खेल्दा ३ खेलमा जित ४ खेलमा पराजय र १ खेल बराबरी खेलेको छ । नेपालले पछिल्लो ४ सहित ६ खेलमा गोल गरेको छ । अब नेपालले गर्छ गोल भन्ने प्रमाणित गरेको छ । जति नै बलिया प्रतिद्वन्द्वी नै किन नहोउन नेपाली खेलाडीहरु अहिले गोल गर्नका माहिर जस्तै छन् । नेपाली टिमका खेलाडीहरुलाई अनुशासनमा राख्नुका साथै युवा खेलाडीहरुले पाएको अवसरलाई सदुपयोग गर्दै आएका छन् । उनले मनिष डाँगीलाई राष्ट्रिय टिममा समावेश गरेनन मात्रै राम्रो खेलाडी पनि देशलाई दिएका छन् । मनिषले इराकविरुद्ध डेव्यु गर्दै गोल गरेका थिए भने साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध उनैले गोल गरेका थिए ।
अहिले नेपाली फुटबल प्रति धेरैको चासो बढ्दो छ । यसबीचमा नेपाल सुपर लिग आयोजना गरेर फ्रेन्चाइज फुटबलको अबधारणा पनि भित्रि सकेको छ । यसले गर्दा नेपाली खेलाडीको स्तरमा केही भए पनि सुधार त भएको छनै, साथ साथै खेलाडीको मनोविज्ञानमा पनि परिवर्तन आएको छ ।
प्रशिक्षक अल्मुताईरी नेपालले खेलेका हरेक खेलको जिम्मेवारी आफै लिएका छन् । त्यो पनि एउटा सकारात्क पाटो हो । पराजय हुँदा हारको जिम्मा लिने अनि जित्दा टिम इफोर्ट हो भनेर सवैलाई जस दिने बानीले गर्दा पनि नेपाली खेलाडीहरुले अनफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । माल्दिभ्समा खेलाडीले गोल गर्दा प्रशिक्षकको सेलिब्रेशनले पनि यस्तै भाव देखाउँछ ।
नेपाल जस्तो देशमा एक जना खेलाडीले कम्तिमा १० बर्ष जति खेल्न सक्छ । नयाँ नयाँ खेलाडीहरु नआउँदा पुरानै खेलाडीको बाहुल्यता रहेको थियो । एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीहरु अझैं पनि राष्ट्रिय टिममा पकड जमाउँदा नयाँ प्रतिभाहरुले मौका पाउन सकेका थिएनन् । यस विषयमा भने अल्मुताइरी चनाखो रहँदै नयाँ नयाँ खेलाडीले मौका पाएका छन् ।
अहिले नेपाली खेलाडीहरुले भन्न थालेका छन् यदि कम्तिमा २ वर्ष अल्मुताईरीले टिम सम्हाल्ने हो भने नेपाली टिमले धेरै छलांग मार्छ । हो त्यसका लागि पहल गर्ने काम खेलाडीको होइन यो मिलाउने जिम्मा अखिल नेपाल फुटबल संघ एन्फाको हो । तर यसमा नेतृत्व चुक्नु हुँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies