२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

ADV
मध्यान्ह
२०८१ साउन ४ गते ११:०८
न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौँ : काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी खटाइएको छ । 

उच्च अदालतले फुटपाथ विस्तारको लागि बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरु गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले महानगरपालिकाले भत्काइसकेको कालोपत्रे टालेर काममा अवरोध गरेको थियो ।

सडक डिभिजन कार्यालयको उक्त हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै महानगरको पक्षमा फैसला गरेको थियो । 

न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालत पाटनबाट अन्तरिम आदेश भएसँगै महानगरले शुरु गरेको काममा स्थानीयले बिरोध गरेपछि उक्त क्षेत्र अहिले प्रभावित बनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise