२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

१५ जना युवा जनमत पार्टीमा प्रवेश

Nada
विनोद निगम
२०८२ भदौ १८ गते २२:१८
Shares
१५ जना युवा जनमत पार्टीमा प्रवेश

नवलपरासी : पश्चिम नवलपरासीमा जनमत पार्टीमा प्रवेश गर्ने लहर तीव्र बनेको छ । बुधबार नवलपरासीस्थित जनमत पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दलमा संलग्न रहेर सक्रिय १५ जना युवाहरू अजय यादवको नेतृत्वमा पार्टी परित्याग गरी सामूहिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

ncell

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव बालगोविन्द चौधरी(बि.जी.), प्रदेश सदस्य सन्तोष गिरी, जिल्ला उपाध्यक्ष गीता साहित्यवार र पालिका नेता चन्दु चौहानलगायतका नेताहरूको सहभागिता थियो । 

नवप्रवेशीमध्ये ४ जना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), ४ जना जनता समाजवादी पार्टी (जसपा) र ७ जना नेपाली कांग्रेसबाट आएर जनमत पार्टीमा प्रवेश गरेका हुन् । 

स्वागत कार्यक्रममा नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको नीति–कार्यक्रमबारे जानकारी गराउँदै नयाँ शक्ति, नयाँ सोच अभियानलाई सफल बनाउनेमा युवा सहभागिता महत्वपूर्ण रहेको बताए ।

नवप्रवेशी युवाहरूले मुलुकमा वैकल्पिक राजनीति, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको अपेक्षाका कारण जनमत पार्टी रोजेको बताएका छन् । उनीहरूले ‘जनताको मुद्दा उठाउने’नीतिले आफूहरू आकर्षित भएको पनि उल्लेख गरे । 

नेताहरूले युवा पुस्ताले पुरानो राजनीतिक संस्कार छोड्दै नयाँ राजनीतिक अभ्यासमा आउन थालेकोमा खुसी व्यक्त गर्दै पाल्हिनन्दन क्षेत्रमा पार्टी अझै मजबुत हुने विश्वास व्यक्त गरे । 

सम्बन्धित खबर