२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

आन्दोलनका लागि तयार रहन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

Nada
२०८३ मंसिर २ गते १४:१७
Shares
आन्दोलनका लागि तयार रहन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले सरकार प्रतिशोधमा उत्रन सक्ने आरोप लगाए ।

‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्,’ ओलीले कार्यकर्तालाई भने । सरकारले जुनसुकै बेला कसैलाई पक्राउ गर्न सक्ने दाबी गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सम्बोधनका क्रममा ओलीले विगतमा आफू पक्राउ पर्दा केही हजार कार्यकर्ता सडकमा उत्रिएको स्मरण गरे । फेरि त्यस्तो अवस्था आए एमालेका लाखौँ कार्यकर्ता सडकमा उत्रने उनको भनाइ थियो ।

ओलीले नवनियुक्त प्रहरी महानिरीक्षकले आफू, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई थुनामा राख्ने प्रतिबद्धता जनाएको दाबीसमेत गरे । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर