काठमाडौँ : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । विधान महाधिवेशनको तयारीका लागि दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको सचिवालय बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
विधान महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दै छन् । एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि सुरु हुँदै छ ।