२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मोना कतारले गर्‍यो गलेश्वर धामका ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन ४ गते १३:०४
मोना कतारले गर्‍यो गलेश्वर धामका ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग

दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीको बेनी नगरपालिका–९, प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा बस्ने ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग गरेको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश मातहतका जिल्लाहरूलाई अतिआवश्यक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको ५० हजार रुपैयाँबाट ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्मित सभा हलमा सोफा सेट, २६ थान कुर्सी र कार्यक्रम सञ्चालनका लागि पोडियम हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनलाई सामग्री हस्तान्तरण गरेका थिए । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले ज्येष्ठ नागरिकलाई बसाइँमा सहज तथा सभा हलमा आवश्यक फर्निचर खरिद गरी हस्तान्तरण गरेको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा मोना कतार बहुउद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य बालकृष्ण खत्रीले मोना कतारमार्फत म्याग्दीमा भएका सहयोगका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी,गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलले म्याग्दी जिल्लाका वृद्धवृद्धालाई सहयोग गर्ने अवसर दिने मोना कतारलाई धन्यवाद ज्ञापन गरे । म्याग्दीमा मोना कतारले वर्षेनी विभिन्न कार्यक्रममार्फत आवश्यक सहयोग गर्ने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise