२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली

shivam cement
मध्यान्ह
२०८२ भदौ २० गते १३:५१
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढयौं भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उनको जिकिर थियो । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत बताए । सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताए । उनले सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने, ‘हामी गम्भिरताका साथ मिसन २०८४ तर्फ अगाडि बढेका छौं । २०८४ मा हामीले एकल बहुमत ल्याउनु पर्छ । कम्तिमा एकल बहुमत हामीले ल्याउनु पर्दछ । कमरेडहरु यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरु र कार्यकर्ताहरु, सदस्यहरु र समर्थकहरु परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं । र यहाँहरुलाई थाहा छ–हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी पनि सरकारमा छौ । र सरकारमा रहेर हामी धाँधली रोक्न सफल हुन्छौं । दृढताका साथ धाँधली रोक्ने छौं । र निष्पक्ष, स्वतन्त्र निर्वाचन हुँदैछ । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुँदैछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुन्छ । त्यसर्थ म सबै कमरेडहरुलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधिहरु अगाडि बढाउन आवश्यक छ भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भिरताका साथ अघि बढाएको पनि दोहोर्‍याए । 

ADV

सम्बन्धित खबर

Advertise