२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली

shivam cement
२०८२ भदौ २० गते १३:५१
Shares
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढयौं भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उनको जिकिर थियो । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत बताए । सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताए । उनले सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने, ‘हामी गम्भिरताका साथ मिसन २०८४ तर्फ अगाडि बढेका छौं । २०८४ मा हामीले एकल बहुमत ल्याउनु पर्छ । कम्तिमा एकल बहुमत हामीले ल्याउनु पर्दछ । कमरेडहरु यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरु र कार्यकर्ताहरु, सदस्यहरु र समर्थकहरु परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं । र यहाँहरुलाई थाहा छ–हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी पनि सरकारमा छौ । र सरकारमा रहेर हामी धाँधली रोक्न सफल हुन्छौं । दृढताका साथ धाँधली रोक्ने छौं । र निष्पक्ष, स्वतन्त्र निर्वाचन हुँदैछ । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुँदैछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुन्छ । त्यसर्थ म सबै कमरेडहरुलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधिहरु अगाडि बढाउन आवश्यक छ भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भिरताका साथ अघि बढाएको पनि दोहोर्‍याए । 

सम्बन्धित खबर