२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

उपसभामुख रानाको प्रष्टीकरण : मैले पत्र लेखेकी हुँ, पदको गरिमामा आँच आउने काम गरेको छैन

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १६:३७
उपसभामुख रानाको प्रष्टीकरण : मैले पत्र लेखेकी हुँ, पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले आफूले संघीय संसद र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरु पनि धेरै होलान् तर अनैतिक कार्य म बाट भएको छैन, हुने छैन ।'

उपसभामुख रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी हुन् । जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा चित्रण गरेकी छन् ।

आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रण आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तरवार्तँका लागि मिति लिइदिनु अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ । ‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise