२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

संसदमा विश्वप्रकाशले भने- 'सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन'

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १२:२०
संसदमा विश्वप्रकाशले भने- 'सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले क्रिकेट टोलीलाई शुभकामना दिँदै सन्दीपको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका हुन् ।

आफ्नो खेलाडीको बारेमा अदालतको फैसला सुसूचीत गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल नगरेको बताए ।

शर्माले अदालतले निर्दोष सावित गरेपछि यतिबेला सन्दीप विश्वकपको मैदानमा खेलिरहेको हुनुपर्ने बताए ।

उनले भने, 'यसमा कमजोरी कहाँ रह्यो ? किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यसबारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

सन्दीपलाई अमेरिकाले दुई पटक अन्तर्वार्ता लिए पनि भिसा दिन अस्वीकार गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise