
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन मात्र बनाउँदै अलआउट भयो ।
काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । २९ बल खेलेका उनले ४ चौका प्रहार गरे । रासिद खानले १४ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर स्मित पटेलले १३ रन बनाउँदा सुमित महर्जनले १० रन जोडे । यसबाहेक काठमाडौंका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि राहुल यादव एक्लैले ४ विकेट लिए । सेफ हसनले २ विकेट लिँदा ललित राजवंशी, मोइन अली र हरमित सिंहले समान १-१ विकेट लिए ।