२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

एनपिएलमा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

Nada
२०८३ कार्तिक १२ गते १५:४४
Shares
एनपिएलमा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै जनकपुरले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा ग‍र्‍यो । जनकपुरका लागि मोइन अलीले अर्धशतकीय इनिङ खेले । उनले ५१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए । सेफ हसनले ३९ बलमा ३ छक्का र १ चौकाको सहयोगमा अविजित ४० रन बनाए । काठमाडौंका लागि रिपन मन्डलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन मात्र बनाउँदै अलआउट भएको थियो ।

काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । २९ बल खेलेका उनले ४ चौका प्रहार गरे । रासिद खानले १४ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर स्मित पटेलले १३ रन बनाउँदा सुमित महर्जनले १० रन जोडे । यसबाहेक काठमाडौंका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि राहुल यादव एक्लैले ४ विकेट लिए । सेफ हसनले २ विकेट लिँदा ललित राजवंशी, मोइन अली र हरमित सिंहले समान १-१ विकेट लिए ।

सम्बन्धित खबर