२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने प्रचण्डको तयारी

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १३:०३
मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने प्रचण्डको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तयारी गरेका छन् ।

आगामी शनिबार हुने भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन निम्तो पाएपछि प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने तयारीमा रहेका हुन् ।

भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधबार टेलिफोनमा कुराकानी गरेका थिए । उक्त कुराकानीका क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा उपस्थित हुनका लागि निम्तो गरेका हुन् ।

बिहीबार अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले मोदीको आमन्त्रणलाई स्वीकार गर्नेबारे निर्णय लिने र प्रधानमन्त्री दाहाल शुक्रबार दिल्लीका लागि प्रस्थान गर्ने सम्भावना रहेको छ ।

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise