२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रुकुम पश्चिमका ग्रामीण सडक : वर्षायाममा सधैं सास्ती

ADV
प्रचण्ड खत्री
२०८१ साउन ६ गते १२:०२
रुकुम पश्चिमका ग्रामीण सडक : वर्षायाममा सधैं सास्ती

रुकुम पशिम : रुकुम पशिमका ग्रामीण सडक वर्षायाममा हिलाम्य हुँदा यात्रुहरुलाई सधैं सास्ती हुने गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका १० वटा वडामा सडक सञ्जाल जोडिएको छ । सबै वडामा सडक पुगेता पनि वर्षातका कारण केही वडाबाहेकका सडक सबै ठप्प छन् ।

विशेषगरी मुसिकोट-गिलाबाङ-छिनखेत सडकखण्डमा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । धेरै जसो सवारी साधन यही मार्ग भए गुड्ने भएपनि मुसिकोट नगरपालिकाले सडकको स्तरोन्नतिमा ध्यान नदिँदा वर्षायाममा सडक हिलाम्य हुँदा यात्रुहरुलाई सास्ती भएको स्थानीयहरु बताउँछन् ।

यता छिनखेत-बाँफिकोट-स्यार्पु दह सडकमा ठेक्का लगे पनि ठेकेदारको लारपरबाहीका कारण सडक स्तरोन्नति हुन सकेको छैन । ठेक्का पाएको हिमालयन गौरीशंकर कन्स्ट्रक्सन प्रा.लि.ले विभिन्न बाहाना देखाउँदै सडक स्तरोन्नति गरेको छैन । पटक-पटक म्याद थप गरिए पनि गौरीशंकर कन्स्ट्रक्सनले ५० प्रतिशत काम पनि पूरा गरेको छैन ।

स्थानीय तहको कमजोरीका कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको र अनुगमन गर्ने निकायले समय समयमा अनुगमन गरेर निगरानी गर्ने हो भने सडक निर्माणमा ढिलाइ नहुने स्थानीयहरु बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise