२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जनार्दनको फरक मत– प्रचण्डको अपिल जनताले सुन्दैनन्, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण होस् 

shivam cement
२०८२ असोज ९ गते १७:२०
Shares
जनार्दनको फरक मत– प्रचण्डको अपिल जनताले सुन्दैनन्, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण होस् 

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दै अहिलेको नेतृत्वको अपिल जनताले नसुन्ने बताएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै बदलिएको परिस्थितिमा नेतृत्व हस्तान्तरण गनुपर्ने भनेका छन् । 

 माओवादी केन्द्र पार्टी अहिले विघटितप्रायः रहेकोभन्दै त्यसका पाँच आधारसमेत देखाएका छन् । आन्दोलन ले निम्त्याउने सम्भावित खतराबारे पूर्वआकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुँदाहुँदै पार्टी हेडक्वार जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने अबस्थामा पुग्नुले पार्टी विघटनको तथ्य बोलेको उनको दाबी छ । त्यस्तै,  आफैलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग रिसाएको वास्तविकतालाई उजागर गरेको उल्लेख गर्दै शर्माले फरक मतमा लेखेका छन्, ‘आन्दोलन सबैतिर बिस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्योलमा रहेका नेता कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौं । राज्यविहिनताको अवस्थासंगै पार्टीविहिनताको अवस्था रह्यो । यसले विघटनको तथ्यलाई स्पष्ट गर्दछ।’

आफूले बारम्बार नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाए पनि बेवास्ता गर्दा अहिलेको स्थिति आएको दाबीसमेत गरे । शर्माले जेनजी आन्दोलनको माग र विगतका कमी कमजोरी नदोहोरिने गरी पार्टीलाई नयाँ ढंगले निर्माण गर्न जरूरी रहेको धारणा राखेका छन् । त्यसका लागि प्रचण्डकै नेतृत्वको अपिल अब जनताले नसुन्ने पनि उनले बताएका छन् । ‘जनताले सुन्नेगरी उनीहरूलाई अपिल गर्न सक्ने नयाँ अनुहारहरू अगाडि सार्न जरूरी छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं’, उनले भनेका छन् । सँगै, नेतृत्व हस्तान्तरणको विषय अध्यक्ष प्रचण्डले गरेको योगदानको नजरन्दाज नहुने बताएका छन् । 

र, यो पनि 
बाबुरामको पद त्यागले अरू दलमा तरंग

 

 

 

सम्बन्धित खबर