२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

'ज्येष्ठ नागरिक आवाज' लोकार्पण

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १२:३१
'ज्येष्ठ नागरिक आवाज' लोकार्पण

काठमाडौं : तरकेश्वर ज्येष्ठ नागरिक सेवा समाजको आयोजना तथा मिलन बस्ती योग साधना केन्द्र ,बज्रयोगिनी योग साधना केन्द्र र पतञ्जली योग समिति तारकेश्वरको सहआयोजनामा ज्येष्ठ नागरिक आवाज लोकार्पण तथा योग र ज्येष्ठ नागरिक विचार गोष्ठी सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डा. वीरेन्द्र थपलियाको अध्यक्षता, शिक्षाविद् तथा योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ७ जना ज्येष्ठ नागरिकलाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । तारकेश्वर नगरपालिका वडा नं.४ स्थित कछुवा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा समाजको आठौं कृति 'ज्येष्ठ नागरिक आवाज'को लोकार्पण पनि गरिएको थियो ।

सो क्रममा अध्यक्ष थपलियाले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पारे । उनले कोही पनि ज्येष्ठ नागरिक अपहेलित हुन नपरोस् भन्दै ज्येष्ठ नागरिकलाई राज्य र समाज दुवैतर्फबाट कदर र सम्मान गर्नुपर्ने बताए । ज्येष्ठ नागरिक स्वस्थ्य उपचर पाउनबाट वञ्चित हुन नपरोस्, बाँचुनजेल  सबैबाट सम्मानजनक व्यवहार पाइरहुन्, योगसँग जोडिएर ज्येष्ठ नगरिकलाई के कस्ता सेवा र फाइदा  पुर्‍याउन सकिन्छ ?लागयतका विषयमा केन्द्र भएर कार्यक्रम आयोजना गरिएको बताउँदै उनले समाजले सधैं ज्येष्ठ नागरिकको हित तथा अधिकारका पक्षमा काम गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् तथा योगगुरु उपाध्यायले घरपरिवारमा भएका ज्येष्ठ नागरिकलाई समय दिने तथा माया सद्भावका साथ व्यवहार गर्नुपर्ने बताए । उनले भने, 'हामीलाई जन्माउने हुर्काउने, शिक्षा दिने बुबा, आमा जिउँदा भगवान हुन् । उहाँहरुको योगदानको महत्वलाई बुझेर सधैं असल व्यावहार  र उचित हेरचाह गर्नु हाम्रो मुख्य कर्तव्य ठानेर घरपरिवारमा भएका ज्येष्ठ नागरिकलाई समय दिने, माया सद्भावका साथ व्यवहार गर्नुपर्छ । ज्येष्ठ नागरिकहरुका सवालमा बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरुको परिपालना गराइ अधिकारको सुनिश्चितता  हुनुपर्छ । यस्ता विषयहरु लागू गर्न राज्यले पहलकदमी गर्नुपर्छ । साथै योग, ध्यानसँग ज्येष्ठ नागरिकलाई जोड्दा शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने हुँदा हामी योगसँग जोडिएकाहरुले  आफ्नो घरपरिवारका ज्येष्ठ नागरिकलाई असल व्यावहार गर्दै उदाहरणीय बन्नुपर्छ ।'

कार्यक्रममा योगगुरुमा पुष्पा लम्सालले आफूले योग कक्षा गराउँदा सधैं ज्येष्ठ नागरिकलाई गर्ने व्यवहारको बारेमा बताउने गरेको स्मरण गर्दै यस महत्वपूर्ण कार्यक्रममा सोही  विषयमा वक्ताको रुपमा उभिन पाउँदा खुसी लागेको बताइन् । उनले आफूले योग मात्र गरेर नहुने बताउँदै आफूले सिकेका कुराहरु घर टोलमा ज्येष्ठ नागरिकलाई पनि सिकाउनुपर्ने बताइन् ।

कार्यक्रम सञ्चालन बज्रयोगिनी योग साधना समूहका सचिव योगगुरु राजेन्द्र धिमिरेले गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा उनले तारकेश्वर ज्येष्ठ नागरिक सेवा समाजले योग साधाना केन्द्रहरुसँग सहकार्य गरेर यस प्रकारको कार्यक्रम गरेकोमा खुसी लागेको बताए ।

कार्यक्रममा डा. विष्णु न्यौपानेले लोर्कापित कृतिको बारेमा बोल्दै कृतिभित्र ज्येष्ठ नागरिकहरुको आवाज रहेको र  के कसरी ज्येष्ठ नागरिकका समस्या बुझ्न सकिन्छ, के कस्ता अपेक्षा गरेका हुन्छन् भन्ने विषयहरु रहेकाले सबैले उक्त कृति पढेर आगमी आंकका लागि सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा मिलन बस्ती योग साधना केन्द्रको तर्फवाट सुस्मा रेग्मीले स्वागत मन्तव्य, बज्रयोगिनी योग साधना समूहका अध्यक्ष सुमन थापा एवम् मिलन बस्ती योग साधना केन्द्रबाट अध्यक्ष राधिका महर्जनले शुभकामना मन्तव्य राखेका थिए भने धन्यवाद मन्तव्य योगगुरु केदार अधिकारीले राखेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise