२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुस्तकालयको शुभारम्भ

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १२:५७
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुस्तकालयको शुभारम्भ

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ४२औं बीपी स्मृति दिवसको अवसरमा आज बिहान पुस्तकालयको उद्घाटन गरे ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् ।

यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ ।

पुस्तकालय उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसका नेता–कार्यकर्ताहरुले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताए ।

पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसका नेता–कार्यकर्ताहरुमा अध्ययन गर्ने बानी बस्ने उनले विश्वास व्यक्त गरे ।

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे । बीपी कोइराला राजनीति, साहित्य लगायत हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले बीपीको योगदान अविष्मरणीय रहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise