काठमाडौं : चर्चित गायक आनन्दराज बज्राचार्यको स्वरमा सजिएको नयाँ गीत ‘एई ! एउटा कुरा सुनन’ सार्वजनिक भएको छ ।
गीतमा शब्द राजेन्द्र अधिकारी ‘अपुर्ण’ले लेखेका छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन् । उक्त गीत सिबा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा बद्रीप्रसाद तिवारी र संगीता खातीको मोडलिङ देख्न सकिन्छ । गीतको छायांकन हेमजास्थित सुइंखेत रिभर भ्याली रिसोर्टमा गरिएको हो ।
गीतमा वाद्यवादनतर्फ मादलमा पोसन र गिटारमा सन्जिव सुब्बाले साथ दिएका छन् । रेकर्डिङमा राजाबाबु चौधरी, मिक्सिङ तथा मास्टरिङमा चन्द्र चौधरीको योगदान छ । भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा बुद्धराज बज्राचार्यको निगरानीमा सम्पन्न भएको हो भने मुख्य रेकर्डिङ कार्य काठमाडौंको स्टुडियो अकोस्टिक नेपालमा गरिएको हो ।
भिजुअल सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका छन् भने पोस्ट–प्रोडक्सन नेत्र इन्टरटेन्मेन्टमार्फत गरिएको हो । छायांकनमा मिलन शंकरले सिनेमाटोग्राफी, अमृत देवकोटाले लाइट हेड, मेकअपमा राजकुमार गुरुङ र पब्लिसिटी डिजाइनमासविन गायक (स्वोपु क्रिएसन)ले उल्लेखनीय भूमिका निभाएका छन् ।