२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

बंगलादेशबाट स्वदेश फर्किए नेपाली विद्यार्थी

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १३:०४
बंगलादेशबाट स्वदेश फर्किए नेपाली विद्यार्थी

काठमाडौं : बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । 

उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौं आएका हुन् ।

बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायतमा पढ्ने नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।

सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।

जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise