२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति

shivam cement
मध्यान्ह
२०८२ असोज २१ गते ०७:४१
सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति

सुनसरी : गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए । 

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गरेका कार्कीले  करिब चार बिघामा फैलिएको फार्ममा १६ जनाले रोजगारी दिइरहेका छन् ।

उनका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएको उहाँको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दा बढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उनले बताए । 

उनले भने, “भारी वर्षापछि फार्ममा एक्कासि बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले, हामी फार्मको पारी पट्टी थियौँ, उनीहरूलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।” उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् । 

ADV

सम्बन्धित खबर

Advertise