सुमन महतारा/मध्यान्ह
गुल्मी : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको क्रममा गुल्मीमा सम्पन्न जिल्ला अधिवेशनमा खिलध्वज पन्थीले ७६% मत लिएर सभापतिमा निर्वाचित भएका छन् । पन्थीले एक हजार दुई सय ७१ मत प्रात गरे भने उनका प्रत्यासी वेद थापामगरले तीन सय ८४ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । केसीले एक हजार ३२ र पौडेलले एक हजार एक सय ८७ मत प्राप्त गरेका छन् ।उपाध्यक्षका अर्का प्रत्याशी झविन्द्र विश्वकर्माले पाँच सय आठ मत पाए । यसैगरी सचिवमा भगत सिंह खड्का र जगदीश भट्टराई विजयी भएका छन् ।
खड्काले एक हजार २२ र भट्टराईले नौ सय ९१ मत प्राप्त गरेका हुन् । सतिवका अन्य प्रत्याशीहरु प्पृथबहादुर फौजदारले एक सय ८०, पूर्ण केसीले तीन सय ४६ र थम्मन केसीले चार सय १५ मत प्राप्त गरेको निर्वाचन सहायक भीम न्यौपानेले मध्यान्हलाई जानकारी दिए । सहसचिवमा छवि पाण्डेयले एक हजार एक सय ३३ र धर्म पाण्डेले आठ सय ५० मत प्राप्त गरेर विजयी भएका छन् । सहसचिवका अन्य प्रत्याशी निरोज मरासिनीले तीन सय ६२ र रेशम कुँवरले पाँच सय ८१ मत प्राप्त गरेको निर्वाचन सहायक न्यौपानेले बताए ।
निर्वाचन भएकामध्ये सदस्यमा कृष्णप्रसाद पोख्रेल, धीरेन्द्र केसी, लीलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् । अधिवेशनमा क्षेत्र नं. १ बाट नौ सय ३९ र क्षेत्र नं. २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधि रहेका थिए । जसमा एक हजार ६ सय ९३ मत खसेको थियो । ३८ मत बदर भएको छ । गुल्मीमा सभापति खिलध्वज पन्थीसहित पदाधिकारीमा सबै पौडेल पक्षका उम्मेदवार विजयी भएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies