२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

मकवानपुरमा इभी माइक्रो दुर्घटना, १६ जना घाइते

shivam cement
मध्यान्ह
२०८२ असोज २१ गते १०:२०
मकवानपुरमा इभी माइक्रो दुर्घटना, १६ जना घाइते

मकवानपुर : मदन भण्डारी लोक मार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ००७२ नम्बरको सो गाडी भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise