२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते ११:५८
बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो

काठमाडौंः गत सोमवार मात्रै बंगलादेशमा डेंगु ज्वरोले तीन जनाको मृत्यु भएको छ । जसबाट २०२५ मा कुल मृत्यु संख्या  २ सय १५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । 

तथ्याङ्कअनुसार सोमवार मात्रै ७ सय ८२ बिरामी अस्पताल भर्ना भएका छन् । जसले गर्दा यस वर्षकाे हालसम्म लामखुट्टेबाट सर्ने रोगका कुल केसहरूको संख्या ५० हजार ६ सय ८९ पुगेको छ । डेंगुको थप फैलावटलाई रोक्नको लागि, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन जाँच गर्न र लार्भा विरोधी अपरेशनहरू सञ्चालन गर्न उपायहरू बलियो बनाएका छ । 

बंगलादेशले २०२३ मा १ हजार ७ सय ५ डेंगु–सम्बन्धित मृत्यु दर्ता गरेको छ । जुन उच्चतम वार्षिक मृत्यु संख्या हो । बंगलादेशमा सामान्यतया मनसुन–मौसमको रोग डेंगु ज्वरो हो । अब जुन–सेप्टेम्बर अवधि भन्दा बाहिर फैलिरहेको छ । एजेन्सी 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise