२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

shivam cement
२०८२ असोज २२ गते १४:३९
Shares
जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडौं : चौधरी ग्रुप (सिजी)ले जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले भनेका छन्, "जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारको एक सदस्यलाई हामी रोजगारी दिनेछौं । यो हाम्रो प्रतिज्ञा मात्र होइन, शहीदहरूप्रति हाम्रो सम्मान र कर्तव्य हो ।"

आन्दोलनका क्रममा सिजी ग्रुपको निजी निवास, कार्यालय, सोरुम र कारखानामा भएको ठुलो क्षतिप्रति दु:ख व्यक्त गर्दै चौधरीले भनेका छन्, "हाम्रा सम्पत्तिमा भएको तोडफोड र विध्वंसले हामीलाई गहिरो चोट पुगेको छ । तथापि, हामी दृढताका साथ पुनर्निर्माणको बाटोमा अघि बढिरहेका छौं ।"

सिजीले शहीद परिवारसँग समन्वय सुरु गरिसकेको बताउँदै उनले रोजगारीका लागि आवश्यक जानकारी लिन कर्पोरेट कम्युनिकेसन प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

निर्वाणले थपेका छन्, "हामी एकजुट भएर पुनर्निर्माण गर्नेछौं र आशा, सहानुभूति र सम्मानका साथ मुलुकको उज्ज्वल भविष्य निर्माणमा योगदान गर्नेछौं ।"

उनले आन्दोलनकारीबाट भएको लुटपाट र आगजनीका बाबजुद पनि आफूहरूको संकल्प अटल रहेको बताएका छन् ।


ताजा खबर

सम्बन्धित खबर