उदयपुर : उदयपुरमा जेन्जी आन्दोलनका क्रममा फरार एक कैदी मृत फेला परेका छन् ।
त्रियुगा नगरपालिका ८ शाहीखोला राजाबास बस्ने तुल बहादुर दनुवारको छोरा ३५ वर्षीय गम्भीर बहादुर दनुवार कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेकोमा भदौ २३ र २४ गते जेन्जी समूहद्वारा भएको आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार रहेका थिए ।
उनी आफ्नै घर भन्दा करिव १०० मि. टाढा सिसौको रुखमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सुनसरी जिल्ला अदालतको २०७७ चैत्र १३ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा दनुवारलाई जन्म कैद (२० वर्ष) कैद सजाय तोकिएको थियो । आवश्यक कानूनी प्रकृया पश्चात शव आफन्तलाई बुझाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।