२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

नेपाल भियतनामसँग पराजित

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते २०:२३
नेपाल भियतनामसँग पराजित

काठमाडौं : एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणमा नेपाल फेरि हारको सामना गर्न बाध्य भएको छ । बिहीबार राति भियतनामको हो चि मिन्हस्थित गो डाउ स्टेडियममा सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा घरेलु टोली भियतनामले नेपाललाई ३–१ गोलले हरायो ।

भियतनामका लागि नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले पहिलो हाफमै गरेका थिए ।

खेलको नवौं मिनेटमै लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाए, तर आठ मिनेटपछि नै सनिशले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने भियतनामले पूर्ण नियन्त्रण जमायो । मान्हले ६७औं र भीले ७२औं मिनेटमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

यस जितपछि भियतनामले तीन खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’को दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अंकका साथ शीर्षमा छ भने लाओसले ३ अंक जोडेको छ । लगातार तीनै खेलमा पराजित भएको नेपाल भने अंकविहीन अवस्थामा तल्लो स्थानमा सीमित छ । नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार व्यहोरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise