२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी-२० क्रिकेट खेल्ने

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते १५:१३
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी-२० क्रिकेट खेल्ने

काठमाडौंः मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।

आगामी कात्तिक १ देखि  ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सहभागिता जनाउने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।  

नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो ।   

ADV

सम्बन्धित खबर

Advertise