२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भुटानी शरणार्थी र गिरिबन्धुमा विपक्षीको नजर

Nada
२०८१ साउन ७ गते ०६:३५
Shares
भुटानी शरणार्थी र गिरिबन्धुमा विपक्षीको नजर

काठमाडौं : प्रतिपक्षमा रहेका दलहरुले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिवन्धु टि स्टेटको जग्गाको विषयमा नजर पुर्‍याएका छन् । विगतमा सरकारमा रहँदा यी विषय अगाडि बढेको तर, नयाँ सरकार बनेपछि यो के हुन्छ भन्ने प्रश्न विपक्षी दलका सांसदहरुको छ । 

ncell

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गिरिबन्धु टि स्टेटलगायतको भ्रष्टाचारको फाइल पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे । 

उपमहासचिव पुनले गिरी बन्धु टि–स्टेटलगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको पनि बताए ।

‘आज भ्रष्टाचारको कुरा उठने बित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइल खोल्नेबित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी–स्टेटसम्मका कुराहरु उठ्दै गर्दा यहाँ नेपाली कांग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ’ पुनले भने ।

यसमा कांग्रेसमाथि समेत प्रश्न हुने उनले बताए । ‘यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी–स्टेट, गिरीबन्धु टी स्टेट भनियो। के हुन्छ यसमा? यसमा हामीले जवाफको अपेक्षा गरेका छौँ । नेपाली जनताले यसको जवाफको अपेक्षा गरेको छ’ पुनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले विगतका सरकारले जहाँ–जहाँ प्रश्न उठायो, त्यससँग जोडिएका मानिसलाई मन्त्री बनाएर पुरस्कृत गरिएको आरोप लगाए । 

‘सुशासनका सवालमा निर्मतापूर्वक अगाडि बढ्नुहुन्छ भन्ने विश्वास त थियो । तर मेरो विश्वास डगमगायो । जुन ढंगले सरकार बन्यो, जसरी विषय अगाडि बढ्यो । विश्वासको मत दिन पनि सकिन्थ्यो होला तर संकेत जुन सुरूआतमा देखियो, त्यसले हामीलाई झस्काएको छ’ लामिछानेले भने ।

सभापति लामिछानेले अगाडि भनेका छन्, ‘सरकार सुरू हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो’ बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको अनुसन्धान चलिरहँदारहँदै गीतको आवाज आयो बालकोटबाट ।’ 

उनले नक्कली भुटानी शरणार्थी, स्काउटको जग्गा भाडा प्रकरणसँग जोडिएका मानिसले पनि मन्त्री पुरस्कार पाएको बताए ।

‘जहाँ–जहाँ हामीले विषय उठायौं, त्यहाँत्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरू भयो, मन्त्रिपरिषदमा को गयो देशलाई राम्रोसँग थाहा छ’ उनले भने, ‘हामीले बालमन्दिरको कुरा उठायो त्यहाँ पनि पुरस्कार । बालमन्दिरको जग्गाको कुरा उठिरहँदा मन्त्रिपरिषद्मा कस्ता मानिस जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना र्गयो। स्काउटको विषय उठायौं, त्यहाँ पनि ।’ 

उनले नयाँ दलले स्टन्ट गरे भनेको सुन्ने गरेको बताउँदै स्टन्टको पर्याय आँट, साहस, विधि, न्याय भएको बताए । भष्टाचारका काण्डहरुमा आफूहरुको नजर रहिरहने प्रतिवद्धता जनाए । 

सम्बन्धित खबर