२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

निर्मलराज पौडेलले ल्याए ‘झिलिमिली तिहारलाई’

shivam cement
२०८२ असोज २८ गते २०:१२
Shares
निर्मलराज पौडेलले ल्याए ‘झिलिमिली तिहारलाई’

काठमाडौं : तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ नामक तिहार गीत सार्वजनिक भएको छ ।

गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगीत दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, ‘विगत १०–१५ वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोलि सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसैकारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।’ गितमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा, कुकुर पुजा, लक्ष्मि पुजा, गाई गोरु पुजा र भाइ पुजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहारमनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दसैं गीत पनि सार्वजनिक भएको थियो ।

सम्बन्धित खबर