२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

नेपाल विश्वकपमा

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते १९:३८
नेपाल विश्वकपमा

काठमाडौं : नेपाल सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि छनोट भएको छ ।

बुधबार ओमानमा भएको छनोटको सुपर सिक्समा युएईले सामोआलाई हराएसँगै अंकको आधारमा नेपाल विश्वकपमा छनोट भएको हो । नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ ।

सुपर सिक्समा नेपाल र ओमानले समान ३ खेलबाट ६–६ अंक जोडेका थिए । यो नतिजासँगै विश्वकपमा सहभागी हुने २० मध्ये १९ टोलीको छनोट सम्पन्न भएको छ । बाँकी एक स्थान सुपर सिक्सका अन्य खेलहरूबाट निर्धारण हुनेछ ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ संस्करणमा विश्वकप खेलेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise