२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

फिफा विश्वकप २०२६ का लागि कतार छनोट

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असोज २९ गते २१:३४
फिफा विश्वकप २०२६ का लागि कतार छनोट

कतार : कतार २०२६ को फिफा विश्वकपका लागि छनोट भएको छ । जस्सिम बिन हमाद रंगशालामा गएराति भएको छनोट खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि २–१ को जित निकालेर २०२६ को फिफा विश्वकपका लागि छनोट भएको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलको दोस्रो हाफ सुरु भएको चार मिनेटमै कतारका बुलेम खौकीले कप्तान आक्रम अफिफको फ्री किकलाई हेडरमा रूपान्तरण गर्दै गोलको अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा अफिफकै अर्को फ्री किकलाई पेद्रो मिगुएलले हेडर गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको इन्जुरी समयको नवौं मिनेटमा युएईका सुल्तान आदिलले सान्त्वना गोल फर्काएका थिए । यो ऐतिहासिक जित सँगै कतार प्रतिस्पर्धाको आधारमा पहिलो पटक विश्वकपमा छनोट भएको हो । यसअघि २०२२ को विश्वकपका लागि आयोजकको हैसियतमा कतारले स्वतः प्रवेश पाएको थियो । खेलका दौरान युएईका दर्शक र कतारी खेलाडीहरू बिच हात हालाहाल समेत भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise