२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

'छानबिन समिति सहकारी ठगलाई जोगाउन बनाइएको हो ?'

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १५:१५
'छानबिन समिति सहकारी ठगलाई जोगाउन बनाइएको हो ?'

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई जोगाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिवेदन कार्यान्वयन गर्ने ठाउँमा नै आरोप लागेको व्यक्तिहरू भएकाले कुनै निष्पक्ष काम नहुने बताए ।

उनले भने, ‘जनताले खाइ नखाई सहकारीमा जम्मा गरेको पैसा सीमित टाढाबाठाले लुटे, तिनीहरू अहिले कुनै कुनामा लुकेर ढुक्कसँग बसेका छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै माननीयज्यूहरूलाई थाहा छ । सहकारीको रकम हिनामिना कसले गरेको छ ? राज्यसत्तामा भएकाहरूले नै सहकारीको रकम लुटेका छन् ।’

उनले अहिले सहकारी प्रकरणमा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेजस्तो भएको तर्क गरे । सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको उनले त्यसको विरोध गरेका छन् ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise