२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

प्रधानमन्त्री ओलीले संसदमा विषयान्तर गरेपछि...

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १४:५२
प्रधानमन्त्री ओलीले संसदमा विषयान्तर गरेपछि...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । प्रधानमन्त्री ओलीले जवाफ दिँदा विषयान्तर गरी जवाफ दिने प्रयास गरेका छन् ।

लिखितभन्दा पनि अलिखित विषय बीचमा आएकाले त्यसको जवाफ दिनुपरेको ओलीले बताएका छन् ।

सबैभन्दा पहिले कांग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभूज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले ।

प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता वर्षमान पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडि आएका विषयमा आफूले जवाफ दिएको उनले बताए । उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए ।  

ADVADV

सम्बन्धित खबर

Advertise