२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मैले उद्योगहरुले विद्युतको महसुल तिनु पर्दैन भनेको छैन : प्रधानमन्त्री ओली

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १५:१३
मैले उद्योगहरुले विद्युतको महसुल तिनु पर्दैन भनेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गरे ।

उद्योगहरुबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नु नपर्ने उनको भनाइ थियो । 

“मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु”, प्रधानमन्त्री ओलीले भने, “मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।”

ADVADV

सम्बन्धित खबर

Advertise