२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

एनआरएनए जेद्दाले दशैं-तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम आयोजना गर्ने

shivam cement
अन्जान गुभाजु
२०८२ कार्तिक १ गते ०७:३७
एनआरएनए जेद्दाले दशैं-तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम आयोजना गर्ने

जेद्दा, साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबले नेपालीहरूको महान् पर्व दशैं तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम – २०२५’ आयोजना गर्ने भएको छ ।

संघले दिएको जानकारीअनुसार उक्त कार्यक्रम आगामी अक्टोबर २४, २०२५, शुक्रबार तदनुसार २०८२ साल कार्तिक ७ गते हुनेछ । विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना आदानप्रदान गराउँदै चाडपर्वको अनुभव महसुस गराउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

साउदी अरबको जिद्दास्थित लक्की दरबार रेस्टुरेन्ट सरफियामा हुने उक्त कार्यक्रम दिनको १ बजेदेखि सुरु हुनेछ । संघले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भईदिन हार्दिक निमन्त्रणा गरेको छ ।

विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दाले यस वर्ष पनि नेपाली परम्परा र संस्कृतिलाई जोगाउने प्रयास गरेको जनाएको छ । 

कार्यक्रममा उपस्थितहरूलाई भरपुर देउसी भैलो संस्कृतिक कार्यक्रमले मनोरञ्जन दिनेछ भने नेपाली परिकार सेल रोटी तथा खानाको पनि व्यवस्था रहेको आयोजक संघले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise