२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

व्यासको पुनः मतगणना : उच्चको आदेश बदर गर्न माग गर्दै मेयर न्यौपाने पुगे सर्वोच्च

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १६:२३
व्यासको पुनः मतगणना : उच्चको आदेश बदर गर्न माग गर्दै मेयर न्यौपाने पुगे सर्वोच्च

काठमाडौं : तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।

उनले बिहीबार दायर गरेको रिटकाे पेसी आइतबारका लागि तोकिएको छ । सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार  पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन् ।

एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले निर्वाचन भएको २ वर्षपछि गत जेठ १ गते पुनः मतगणना गर्ने फैसला गरेको थियो । उच्चले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै मिति नै तोकिदिएको थियो ।

तर उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपानेले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको समर्थनमा व्यासमा मेयरको उम्मेदवार बनेका जोशी नेपाली कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise