२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एकता

ADV
मध्यान्ह
२०८१ साउन ७ गते २२:१३
मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एकता

काठमाडौं : मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एकता भएको छ । आमसञ्चारका प्रतिनिधिमूलक दुई संस्थाबीच मिडिया अलाइन्स नेपालका महासचिव दिरेक लाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका सचिव बद्री पोखरेले एकता सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सातबुँदे सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने, दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गर्ने उल्लेख छ । 

दुई संस्थाबीच एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ । त्यसैगरी यो सम्झौता साउन ७ गतेबाट नै लागू हुने उल्लेख गरिएको छ । यस्तै सर्तहरु दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise